उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलय बन्द, अत्यावश्यक सेवा मात्रै दिइने !

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय बन्द हुने भएका छन्। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने भएको हो।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ। बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रवाह गर्ने र अन्य सेवा तत्काल एक साताका लागि स्थगन गर्ने निर्णय गरेको हो।

नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हा-तह-तियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवाहरु बन्द रहने बताइएको छ।

अत्यावश्यक बाहेकका सेवा वैशाख १३ देखि २० गतेसम्म स्थगित गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुले पनि भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१९:२३

कोरोनाको चपेटामा विदेशमा रहेका नेपाली, भारतमा मात्रै २० जनाको ज्यान गयो !