सबै प्रकारका परीक्षा स्थगित

सरकारले अर्को आदेश नभएसम्मका लागि सबै प्रकारका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो ।

प.सं.:५०९/८८१५८-३५०न।/कार्य/१/०७७/७८/२४५ मितिः २०७८/०१/१२ गते ।

प्रेस विज्ञप्ति

आज मिति २०७६ साल वैशाख १२ गते वसेको ८0५८ निर्देशक समितिको बैठकले देशभरका विद्यालय
तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन-पाठन जारी राख्ने र
भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने
निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।

मिति: २०७८ बैशाख १२ गते ८
४४१०”

डा.खगराज बराल
सचिव
तथा
संयोजक, सिसिएमसी सचिवालय

प्रकाशित : आइतबार, बैशाख १२, २०७८२२:३६

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द