हरियो धनियाको पेस्ट प्रयोग गरेर चम्काउनुहोस् अनुहार, यसरी प्रयोग गर्दा मिल्नेछ नसोचेको लाभ !

हरियो धनिया खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । तर, हरियो धनियालाई सफा र चम्किलो छालाको लागि पनि प्रयोग गर्न सकिन्छ । धनियाको पातको पेस्ट अनुहारमा लगाउनाले रिन्कल र डन्डीफोर कम हुन्छ। त्यति मात्र नभई धनियाले अनुहारको छाला नरम पनि गराउँछ।

हरियो धनियाले छालाको मृत कोशिकालाई हटाएर नयाँ कोशिकाको निर्माणमा मदत्त गर्छ। जसकारण डन्डीफोर , ब्ल्याकहेड्स आदिको निशानलाई कम गर्छ र छालालाई सुन्दर बनाउँछ। साथ-साथै धनियाको प्रयोगले अनुहारमा डन्डीफोर आउने समस्याबाट पनि छुटकारा दिलाउँछ।

कसरी बनाउने धनियाको फेसप्याक ?

ताजा धनियाको पात ,एक चम्चा ताजा दही र १ चम्चा बेसन लिनुहोला। सबैभन्दा पहिला ताजा धनियाको पातलाई पिसेर पेस्ट बनाउनुहोस्। धनिया छालाको लागि निकै उपयोगी चीज हो। धनियाको पातमा भिटामिन सी, एन्टी-ब्याक्टीरियल, एन्टी-सक्सीडेन्ट र एन्टी -इन्फ्लेमेटरी गुण हुन्छ। यसले छालालाई स्वस्थ राख्छ र साथै  एजिंग इफेक्ट्स र डार्क स्पट्सलाई पनि कम गर्छ। हरियो धनियाले सनबर्नलाई रोकेर छालालाई नरम राख्छ। साथै यसले छालालाई  हाइड्रेटराख्छ।

धनियाको पातको पेस्टलाई सफा कचौरामा राख्नुहोला। यसमा एक चम्चा ताजा दही मिसाउनुहोला। दहीमा पाईने ल्याक्टिक एसिडले छालाको  मृत कोशिकालाई हटाउन र नयाँ  कोशिका बनाउन मदत्त गर्छ। यसमा  छालालाई स्वस्थ राख्नको लागि फ्याटी एसिड, प्रोटीन, भिटामिन र खनिज पनि हुन्छ। यसमा १ चम्चा बेसन मिसाउनुहोला। बेसन लगाउनाले अनुहारमा अतिरिक्त तेललाई कम गर्न मदत्त गर्छ। यसले अनुहारमा चमक पनि आउँछ। यी चीजलाई मिलाएर बनाएको मिश्रणलाई अनुहारमा फेस प्याकको रुपमा लगाउनुहोला।

तपाईले यस प्याकलाई अनुहारसँगै  गर्दनसम्म लगाउनुहोला। यस प्याकले छालालाई चिसो प्रदान गरेर डन्डीफोर, डार्कस्पट्स र  सनबर्न आदिलाई कम गर्न मदत्त गर्छ। यस पेस्टलाई बनाउन गुलाब जल वा आवश्यक तेल जस्तै ओलिव ओइल वा नरियल तेल पनि राख्न सक्नुहुन्छ। जुनले यस प्याकको लाभ झन् बढाउँछ। यसको लागि धनियाको पात पिस्ने बेला पानीको सट्टा गुलाबजल वा तेलको प्रयोग गर्न सक्नुहुन्छ।

छाला रहनेछ जवान

प्याक सुकेपछि अनुहार पानीले धुनुहोला। त्यसपछि अनुहारमा टोनर लगाउनुहोला र मोइश्चराइजरको प्रयोग गर्नुहोला। यस फेस प्याकलाई  हप्तामा २-३ पटक प्रयोग गर्न सक्नुहुन्छ । पार्टीमा जानुभन्दा पहिला पार्लरमा महँगो केमिकल ट्रीटमेन्ट लिनुभन्दा यस होममेड फेस प्याकको प्रयोग गर्न सक्नुहुन्छ। यसले अनुहारको छालालाई नरम गर्नेछ र छालाको  बनावटमा सुधार गर्न मदत्त गर्नेछ ।

ट्यानिंग र जलन कम गर्न मदत्त

हरियो  धनियामा एन्टी-ब्याक्टीरियल, एन्टी -सेप्टिक, एन्टी-फंगल र एन्टी-इंफ्लेमेटरी गुण हुन्छ। त्यसैले यसको पातको पेस्टले छालाको जलनलाई कम गर्न मदत्त गर्छ। गर्मी मौसममा छालालाई ट्यानिंग हुनबाट बचाउन र छालाको टोनको लाइट राख्नको लागि हरियो धनियाको पेस्टलाई यही विधि अनुसार आफ्नो छालामा लगाउनुहोला।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१८:४५

स्वास्थ्य विज्ञ भन्छन् – ‘मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले निम्तिन्छ्न् विभिन्न रोग’