विपक्षीका सबै खेलाडी मिलेर पनि मेस्सीलाई रोक्न असम्भव छ [भिडियो सहित]

बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट डिफेन्डरको लागि पनि रोक्न अत्यन्त कठिन हुने गर्छ। यस्तै, एक फुटबल फ्यानको विशेष भिडियोको हाइलाइटले देखाउँछ कि ३३ वर्षीय अर्जेन्टिनी स्ट्राइकरलाई रोक्न असम्भव जस्तै छ।

६ पटकका ब्यालुन डी ओर विजेताले आफ्नो शानदार बार्सिलोना करियरमा ७७२ खेल्दै ६६७ गोल गरिसकेका छन् भने थप २९२ गोलमा असिस्ट प्रदान गरेका छन्। मेस्सीको यो तथ्यांकलाई उनको विरुद्ध खेलेका खेलाडीको अनुभवले अझ खास बनाउँछ। लिभरपुलका स्टार डिफेन्डर भर्जिल भानडाइक, म्यानचेस्टर युनाइटेडका लेफ्ट ब्याक लुक स, सिटीका डिफेन्डर आइमरिक लापोर्ट जस्ता खेलाडीले मेस्सीलाई सबैभन्दा कठिन विपक्षीका रूपमा वर्णन गरेका छन्।

एक फ्यानले तयार गरेको भिडियोले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। उक्त भिडियोमा देख्न सकिन्छ कि विपक्षी टोलीका एक भन्दा धेरै डिफेन्डरले पनि उनलाई कुनै तरिकाले रोक्न सकिरहेका छैनन्। विपक्षीको फुल-प्याक डिफेन्स लाइनबाट पनि मेस्सीले उत्कृष्ट तरिकाले आफ्ना टिममेटको लागि पास निकालिरहेका छन् भनेर उक्त भिडियोमा स्पष्ट देख्न सकिन्छ।

https://twitter.com/i/status/1386009298392678402

मेस्सीको उक्त भिडियो देखेपछि एक ट्विटर प्रयोगकर्ताले भने,”यो मानिससँग फुटबल बारे कुनै चिट कोड नै छ।” अर्का मानिस भन्छन्,”यो मान्छे यो पुस्ताका अन्य खेलाडी भन्दा धेरै नै अगाडी छ,” तेस्रोले भने,”सायद म बार्सिलोनाको समर्थक हुनु पर्थ्यो, मलाई शान्तिको अर्थ थाहा हुन्थ्यो।”

प्रकाशित : सोमबार, बैशाख १३, २०७८११:१२

आउँदो संस्करणको कोपा अमेरिका नेपालमा कसरी हेर्ने त ? थाहा पाउनुहोस् !