काठमाडौँ – मास्कको प्रयोग नगरी सडकमा हिड्नेहरु माथि प्रहरीले कारवाही थालेको छ। कोरोना भाइरसको संक्रमणको दर बढेसँगै प्रहरीले मास्क नलगाइ हिँड्नेलाई कारवाही गर्न शुरु गरेको हो।
प्रहरीले काठमाडौँ उपत्यकाका सडकहरुमा मास्क नलगाइ हिँड्नेहरुलाई सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहान मात्रै प्रहरीले १६ सयजनालाई सडकमै उभ्याएर कारवाही गरिसकेको छ।
मास्क अनिवार्य लगाउन पटक पटक आग्रह गरिएपनि अटेरी भएको पाइएपश्चात अटेरी गर्नेहरुलाई सडकमै होल गर्न थालिएको काठमाडौं प्रहरीले जनाएको छ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा अहिले छलफल पनि चलिरहेको छ।