काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) जारी गर्ने भएको छ। मध्य भोटेकोशीले आउँदो वैशाख २१ गतेदेखि आइपिओ जारी गर्ने भएको हो।
कम्पनीले केहि दिन अगाडी मात्रै आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति पाएको थियो। नेपाल धितोपत्र बोर्डले दिएको अनुमति अनुसार कम्पनीले १ सय अंकित १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्न पाउनेछ।
पहिलो चरणमा १ सय अंकित ६० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुका लागि छुट्याइएको छ।
त्यसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुले पाउनेछन्। त्यस्तै बाँकि ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पाउनेछन्।
सर्वसाधारणका लागि कति ?
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणजा लागि कम्पनीले ९० लाख कित्ता शेयर छुट्याएको छ। १० देखि ४०० कित्ताका लागि छिटोमा जेठ ४ गते देखि ढिलोमा जेठ २० गते सम्म आवेदन दिन सकिनेछ।
यस अगाडी कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ बिक्रि गरिसकेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।