आउँदो संस्करणको कोपा अमेरिका यहि जुन १४ गतेबाट सुरु हुँदैछ। २०२० मा गर्ने भनिएता पनि कोरोना महामारीको कारण ४७ औं संस्करणको कोपा अमेरिका २०२१ मा सारिएको थियो। अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेनछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा साबिक विजेता ब्राजिलसँगै कोलम्बिया, इक्वेडर, पेरु र भेलेजुएला रहेका छन् भने समूह बी मा अर्जेन्टिनाका साथै बोलिभिया, चिल्ली, उरुग्वे र पाराग्वे रहेका छन्। समूह चरणमा दुबै समूहका शीर्ष ४ टोली प्रतियोगिताको क्वाटर-फाइनलमा प्रवेश गर्नेछन्।

फुटबलको क्रेज अत्यधिक रहेको नेपालमा कोपा अमेरिकाको क्रेज पनि निकै रहेको छ। नेपालमा विशेषगरी अर्जेन्टिना र ब्राजिलका फ्यान्सको बाहुल्यता रहेको छ। यस्तोमा, धेरै मानिसलाई थाहा नहुन पनि सक्छ कि आउँदो कोपा अमेरिका नेपालमा कसरी हेर्न सकिन्छ भनेर। नेपाल लगायत भारत, बंगलादेश जस्ता दक्षिण एशियाका देशहरुका लागि सोनी पिक्चर्स नेटवर्कले टिभी राइट्स प्राप्त गरेको छ।

यसको मतलब, नेपालमा कोपा अमेरिका हेर्न चाहनेहरुले सोनीको च्यानलमा हेर्न सकिनेछ। यस संस्करणको प्रतियोगितामा अर्जेन्टिना र ब्राजिललाई मुख्य दुई दाबेदारको रूपमा हेरिएको छ। जुन १४ मा आयोजक अर्जेन्टिना र चिल्ली बीचको भिडन्तबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल भने जुलाई ११ मा हुनेछ।

