आज सुन एक हप्ता यताकै सस्तो !

काठमाडौँ – हप्ताको दुई दिन एकै भाउमा कारोबार भएको सुनको मूल्य आज घटेको छ। सोमबार स्थिर भएको सुनको मूल्यमा सामान्य गिरावट आएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९१ हजार २ सय र तेजाबी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ। यस अगाडी आइतबार र सोमबार छापावाला सुन ९१ हजार ३ सय र तेजाबी सुन ९० हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।

वैशाख लागेयता सुनको मूल्य लगातार बढिरहेको छ। वैशाख महिनामा कायम भएको सुनको मूल्य गएका महिनाहरु मध्येकै महँगो हो। तर, आज कायम भएको सुनको मूल्य वैशाख ८ गते यताकै सस्तो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने बढेको छ। तोलामा रु ५ ले बढेर चाँदीको मूल्य १३ सय १५ रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८११:२१

रोकिएन महिला लघुवित्तको शेयरमूल्य बढ्ने क्रम, आज पनि बढ्यो ! कति ?