काठमाडौँ – लगातार बढिरहेको महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य मंगलबार पनि बढेको छ। आइपिओ जारी गरेर कारोबारमा आएपछि लगातार बढिरहेको महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य आज पनि बढेको हो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्ने तयारी गरेपछि शेयर कारोबारमा गिरावट आएपनि गएपनि महिला लघुवित्तको शेयर मूल्य भने लगातार बढिरहेको छ। मंगलबार महिला लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । लघुवित्तको शेयरमुल्य आज २ हजार ४६६ रुपैंयाँमा कारोबार शुरु भएको छ भने शेयर मुल्य २ हजार ५८३ रुपैंयाँ पुगेको छ।