नेप्सेमा उछाल, ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि ! कुन-कुन [सूची सहित]

काठमाडौँ – हप्ताको दुई दिन लगातार घटेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार बढेको छ। निषेधाज्ञा हुने भएपछि दुई दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार बढेको हो।

मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ बिन्दुमा पुगेको छ। कारोबार भएका सबै समूहमा वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सबै समूहका परिसूचक सकारात्मक बन्दा नेप्से ३.६९ प्रतिशतले बढेको छ।

आज जीवन बीमा र निर्जीवन बिमा समूहमा ५०० अंक बढीको वृद्धि भयो । जीवन बिमा समूह सबैभन्दा धेरै ५५८ अंकले बढ्यो भने निर्जीवन बिमा समूह पनि ५४३ अंकले बढ्यो सबैभन्दा धेरै जलविद्युत् समूह ६.६८ प्रतिशत, व्यापार समूह ५.५५ प्रतिशत र लघुवित्त समूह ४.७७ प्रतिशतले बढेकाे छ।

आज २१६ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनायो। आज ११ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ।

आज माथिल्लो तामाकोशी हाइड्रो पावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ। माथिल्लो तामाकोशी हाइड्रोको शेयर मूल्य करिब १० प्रतिशत अर्थात ७७ रुपैयाँले बढेर अन्तिम मूल्य ८४७ रुपैयाँ कायम भएको छ।

त्यस्तै आज विशाल बजार कम्पनीको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८३ रुपैयाँले बढेर ४ हजार २१५ रुपैयाँ कायम भएको छ ।

आज महिला लघुवित्तको शेयरमूल्य ९.९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्स ९.८९ प्रतिशत, सुम्मित लघुवित्तको ९.७५ प्रतिशत, मल्टीप्रपोज फिनान्सको ९.६४ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ९.५० प्रीतशत, अरुण भ्याली हाइड्रोपावरको ९.३१ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.२९ प्रतिशत, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०९ प्रतिशत र युनाइटेड इदी मार्दीको शेयरमूल्य ९.०२ प्रतिशतले बृद्धि भएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१६:००

लाइसेन्सको अनलाइन आवेदन बन्द, कहिले खुल्ने ठेगान छैन !