काठमाडौँ – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द अनिश्चितकालका लागि बन्द हुने भएको हो।
यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जानकारी गराएको छ।
“विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।”,विभागद्वारा जारी सूचनामा भनिएको छ।