के-पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’ को सदस्य रोजेन पाक उर्फ रोजे कोरियन-न्यूजील्यान्ड गायिका हुन् । हालै रोजेले सिंगल डेब्यूको साथसाथै एक नभई दुई गिनीज वर्ल्ड रेकर्ड तोडेकी छन्। वास्तवमा रोजेन पाकले आफ्नो गीत ‘अन द ग्राउन्ड ‘ बाट सिंगल डेब्यू गरेकी थिइन्। जसलाई यूट्यूबमा निकै मन पराईएको थियो र यो गीतले सबैभन्दा धेरै भ्युज बटुलेको छ।
यो गीतले २४ घन्टामा नै ४१.६ मिलियन भ्युज बटुलिसकेको छ। उनी पहिलो सोलो आर्टिस्ट हुन, जसले आफ्नो नाम बिलबोर्ड ग्लोबल २०० मा समावेश गर्न सफल भएकी छन्। यसबाहेक उनी पहिलो के-पप आर्टिस्ट पनि हुन, जसको यूट्यूब भिडियोमा २४ घन्टामा नै ४१.६ मिलियन (४ करोड १० लाख) भन्दा धेरै भ्युज आएको छ।
रोजेले पीएसवाईको आइकनिक ट्रयाक ‘ ग्यांगनम स्टाइल’ को रेकर्ड तोडेकी थिइन्। त्यसमा ३६ मिलियन भ्युज आएको थियो तर रोजेको गीत ‘अन द ग्राउन्ड ‘ मा ४१.६ मिलियन भ्युज आएको छ। २४ वर्षीय रोजेले जून २०२० मा आफ्नो सोलो डेब्यू अनाउन्स गरेकी थिइन्। उनको सिंगल डेब्यू एल्बम ‘आर’, १२ मार्च २०२१ मा रिलीज भएको थियो ।
रोजेन पाक उर्फ रोजे २४ वर्षीय गायिका हुन् , जो साउथ कोरियामा बस्छिन्। उनको जन्म न्यूजील्यान्ड भएको थियो र बाल्यकाल भने अस्ट्रेलियामा बिताएकी थिइन्। रोजेले २०१२ सालमा वाईजी इन्टरटेनमेन्टको लागि अडीशन दिएकी थिइन् र यस साउथ कोरियन लेबलसँग चार वर्षको ट्रेनिंग लिईन्। ट्रेनिंगपछि २०१६ मा रोजे, ‘ब्ल्याकपिंक’ को हिस्सा भएकी थिइन्।