ओलीले धम्कीले माधव नेपाल नरोकिने !

काठमाडौँ – नेकपा एमाले खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने धम्कीबाट नडराउने बताएको छ । बुधबार राजधानीको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोधिएको २७ सांसदलाई अध्यक्ष ओलीले कारबाही गर्ने भन्ने ओली पक्षको हल्लाबाट विचलित नहुने जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

बैठकपछि नेता भीम रावलले कारबाहीको हल्लाबाट आफूहरू विचलित नभएको जिकिर गर्दै भन्नुभयो– ‘हामी विचलित भएका छैनौं बरु सशक्त हुँदै जानेछौं । हामी नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनअनुसार अघि बढिरहेका छौं र त्यो कारबाहीको कुनै औचित्य छैन ।’

बैठकले कोरोना महामारीका कारण संगठनको काम केही खुकुलो पार्ने तर नरोक्ने निर्णय गरेको पनि जानकारी दिँदै रावलले कोरोना महामारी नियन्त्रणमा खटिन मातहतका कमिटीलाई निर्देशन दिने समेत निर्णय भएको बताउनुभयो ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८०८:१९

तिब्र गतिमा फैलिँदै कोरोना सङ्क्रमण: आईसीयूमा ३१७ जना, ९८ भेन्टिलेटरमा !