पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट, सारियो आइसियूमा!

काठमाडौँ, बैशाख १६ । कोरोना भाइरस संक्रमण पुष्टि भएर उपचाररत पूर्वरानी कोमल शाहलाई बुधबार बेलुका आइसियूमा  सारिएको छ। श्वासप्रश्वासमा  समस्या देखिएको र अक्सिजनको समेत कमि देखिएपछि  उहालाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । उहालाई आइसियूमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाह  भर्ना भएका थिए । त्यस्तै ज्ञानेन्द्र शाह पनि अक्सिजनकै सामान्य सपोर्टमा छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य छ  र छोरी प्रेरणालाई भने अक्सिजन दिनु परेको छैन।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा केही दिन होम आइसोलेसनमा बसेर  बैशाख ७  गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८११:०३

कलङ्कीमा मोटरसाइकल दुर्घटनामा महर्जनको मृत्यु!