अमेरिकन र्यापरको यस जुता १३ करोडमा लिलामी, राख्यो नयाँ विश्व रेकर्ड!

अमेरिकन र्यापर  कान्ये वेस्ट किम  कदार्शीयनसँगको सम्बन्धको कारण चर्चामा छन्। तर अहिले कान्ये वेस्ट  केही अन्य कारणले चर्चामा छन्।  यसका साथै उनको नाम विश्व रेकर्डमा  थपिएको छ। खबर अनुसार ग्र्यामी अवार्डको समयमा कान्येले लगाएका नाइकको स्नीकरको नीलामी १.८  मिलियन्स  अमेरिकी डलरमा  भएको छ। जुनमा कान्ये वेस्टको स्नीकरले विश्व कीर्तिमान स्थापित गरेको छ । कान्येले  २००८ मा ग्र्यामी अवार्ड शोमा  नाइक एयर यीजी स्नीकर्स लगाएका थिए।

यो  वेस्ट र मार्क स्मिथको फेशन लाइनको प्रोटोटाइप्स थियो जुन कान्येले  पर्फर्मेन्समा लगाएका  थिए। कान्ये वेस्टले २००८ सालमा  ग्र्यामी अवार्ड शोमा  ‘हे मामा’ र ‘स्ट्रन्गर ‘ को पर्फर्मेन्सको क्रममा आफ्नो फुटवियर फेशन देखाएका थिए । त्यसपछि  कान्येले २०१३ मा नाइकसँग कोलाबोरेशन गर्न छोडेका थिए र  एडिडास ब्रान्डसँग जोडिएका थिए।

१२ साइजको कालो रङको  लेदर स्नीकर्समा यीज़ी फोरफुट स्ट्र्याप छ र लेसमा ब्रान्डको  सिग्नेचर ‘वाई’ म्याडेलियन रहेको छ। सोमबार भएको  न्यूयोर्कको  कलेक्टर रयान च्यांगले  सोठेबीमा  निलामीको  लागि  राखेका थिए।  यस नीलामीमा  कान्ये वेस्टको जुता १.८ मिलियन मतलब १३,४१,८२,४४० रुपैँयामा बिकेको छ। यस स्नीकरलाई इन्भेस्टिंग प्लेटफर्म रेयर्सले किनेको छ। जुन  स्नीकरमा लगाईएको अहिलेसम्म कै सबैभन्दा धेरै बोलि हो । रेयर्स फ्रयाक्शनल ओनरशिपको हुन्। कान्ये वेस्टभन्दा पहिला १९८५ एयर जोरडान १ को  फुटवियर बिकेको थियो जुन  बास्केटबल प्लेयर माइकल जोरडानले लगाएका थिए। यसको मुल्य ५६,०००० यूएस डलर रहेको थियो। अहिले लगभग १३ करोडमा कान्ये वेस्टको स्नीकर्सले यो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको छ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८१८:१८

केहि दिन अगाडी सम्म हाँस्दै रमाउँदै खेल्दै थिइन्, यस्तो भयोकी आँखा पूर्वरुपमा बन्द नै भयो !