देशभर २४ घण्टामा ३३ जनाको मृत्यु: एकै जिल्लाका ११ सङ्क्रमितको मृत्यु!

सांकेतिक तस्विर

काठमाडौँ। शुक्रबार कोरोना (कोभिड १९) संक्रमणबाट देशभर ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसंगै अहिलेसम्म ३२७९ जनाको मृत्यु भैसकेको छ।

२४ घण्टामा ५,६५७ जनामा कोरोना संक्रमण देखिएको छ । १५,३९१ जनाको पीसीआर परीक्षणमा  ५,६५७ जनामा र ५२५ जनामा एन्टीजेन परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएको हो। यससँगै आज देशभर सक्रिय संक्रमितको  ३८,८१३ जना पुगेको छ। हालसम्म नेपालभर ३,२३,१८७ जनामा कोरोना सक्रमण देखिएको छ ।

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आउनुभएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८१८:३२

करिना कपुरका बाबुलाई कोरोना संक्रमण, सारियाे आईसीयुमा!