अभिनेत्री करिना कपुरका बाबु अर्थात् बलिउड अभिनेता रणधीर कपूरलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो। हाल उनलाई आईसीयुमा सारिएको छ।
७४ वर्षीय रणधीरले कोरोना भाइरस विरुद्ध खोपको दुबै डोज लिइसकेका थिए । रणधीर कपूरले आफुलाई कोरोना संक्रमण कसरी भयो यसबारे आफु स्तब्ध भएको बताएका छन् । उनका स्टाफलाई पनि कोरोना संक्रमण भएर कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना भएका छन्।कपुरको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।