अस्ट्रेलियाली सरकारले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किए ५ वर्षसम्म जेल सजाय हुन सक्ने बताएको छ । कोरोना महामारीमा भारतको यात्रालाई गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ।र यस नियमलाई उल्लङ्घन गर्नेलाई ५ वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियन डलर जरिवाना हुन सक्छ ।
अस्ट्रेलियाका स्वास्थ्य मन्त्रालयको अनुसार भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेका छन्। तीमध्ये ६ सय जनालाई कोरोना संक्रमणको जोखिम समूहमा राखिएको छ ।
भारतमा कोरोना संक्रमणको उच्चदरलाई ध्यानमा राख्दै थुप्रै मुलुकले उडानमा प्रतिबन्ध लगाएको छ। आफ्नै नागरिकमाथि अस्ट्रेलिया सरकारले चलेको यस कदमलाई धेरैले असुहाउँदो भनेका छन् ।