मोटरसाइकल दुर्घटना: पौडेललाई हेलिकप्टरमार्फत पठाइयो काठमाडौँ!

सांकेतिक तस्बिर

बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

घाइते पौडेलको बायाँ हातको बुडी औँला का-टिएको र शरीरको भित्री भागमा चोट लागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो । उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा औलोको जोखिम बढ्दै
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो । उहाँका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन् ।

जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८१४:५६

अमेरिका र अष्ट्रेलियाका नागरिकलाई भारतबाट स्वदेश फर्किन प्रतिबन्ध, यस्तो छ नियम!