कारोबारीबाट लागूऔषध बरामद गरेर अर्कैलाई बेच्न लाग्दा प्रहरी जवान पक्राउ!

काठमाडौँ, बैशाख १८ । महानरीय प्रहरी वृत्त जनसेवाका २ जना प्रहरी जवान पक्राउ परेका छन्। सादा पोसाकका २ जना प्रहरी जवान शुक्रबार डल्लु क्षेत्रबाट लागू औषध बेच्न लाग्दै गर्दा पक्राउ परेको हो। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले लागू औषध बेच्न लागेको आरोपमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड पक्राउ परेका छन्।

प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेम ओडले लागूऔषध कारोबारीबाट बरामद गरेको लागूऔषध अर्कै लागूऔषध कारोबारी समूहलाई बेच्न लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। ब्यूरोको टोलीले उनीहरुबाट डाइजापाम, फेनारगन, नुर्फिन गरी १८६ एम्पुल बरामद गरेको छ । यसबारे थप अनुसन्धान हुन बाँकी छ।

पाँच हजार ७६३ सङ्क्रमति थप
पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै ४०१ जना आइसियुमा उपचाररत थगन ११० जना भेन्टिलेटरान छन् । आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८१८:४७

आज इतिहासमै सबैभन्दा सस्तो भद्रपुर-काठमाडौँ रुटको हवाई भाडा, कति छ?