काठमाडौं । दैनिक अहिले पाँच हजार सातको आसपासमा कोरोना संक्रमित भेटिन थालेका छन् । दोस्रो लहर शुरु भएको केही सातामै यो संख्या बढेर यहाँसम्म आएको हो । दैनिक संक्रमित बढ्दा निको हुने दरमा भने कमि आएको छ । जसका कारण अस्पतालमा विरामीको चाप अत्याधिक छ । अधिकाशं अस्पतालका बेड भरिएका छन् भने भुईमा राखेर पनि उपचार भईरहेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
काठमाडौंका ठुला ठुला अस्पताल टिचिङ हस्पिटल, वीर अस्पताल, पाटन अस्पताल, टेकु अस्पतालमा कोरोना भाइरसका बिरामीलाई उपचार गर्न कोभिड वार्ड छ । त्यसभित्र केही मानिसहरू कोरोना भाइरसको संक्रमण भएका आफन्तलाई बेड पाइन्छ कि भनेर कुरेका छन् । कोरोना संक्रमितले बेडको पर्खाइमा अस्पतालको पेटीमा छट्पटाउँदै बस्नुपरेको छ । ‘एक जना डिस्चार्ज हुँदैछन् रे ! त्यो बेड पाइन्छ कि भनेर कुरेको,’ एक महिला पतिलाई कोरोना संक्रमण भएपछि बेड पाइने आशामा बसेकी थिइन् ।
चिनी रोग (सुगर) र दमका बिरामी भएकाले उनी होम आइसोलेसन बस्न डराएर अस्पतालमा बेड पाउने आशमा बाहिर कुरेको उनले बताए । अर्को बेडमा एक जना महिला अक्सिजन मुखमा लगाएर शिथिल अवस्थामा बसिरहेकी छन् । अर्काेतर्फ एक जना अधबैशे महिला नजिकै अक्सिजन जोडेर बसिरहेकी छन् । शिक्षण अस्पतालको कोरोना वार्डका डा. निरज बमका अनुसार अहिले अस्पतालमा ११० वटा सामान्य कोरोना बेड र १२ वटा आईसीयू बेड गरी १२२ वटा बेड छन् । ‘हाम्रो अस्पतालमा भएका कुनै पनि बेड अहिले खाली छैनन्,’ डा. बमले भने, ‘नयाँ बिरामी भर्ना गर्ने ठाउँ छैन अहिलेको अवस्थामा ।’
अस्पतालले ओपीडीका अन्य बेडमा कोरोनाका बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन लागेको डा. बमले बताए । ‘कोरोनाको संक्रमण तीब्ररूपमा बढ्दै गएको छ । हामीले ओपीडी लगायतका अन्य बेडलाई कोभिड बेड बनाएर २०० थप गरी ३०० बेड बनाउन लागेका छौं,’ डा. बमले भने, ‘१ हप्ताभित्र ३०० पु¥याउन लागेका छौं ।’ टिचिङ अस्पतालका जस्तै दृश्यहरु अन्य अस्पतालमा पनि देख्न सकिन्छ । कोरोनालाई हेलचेक्राईका रुपमा लिदा दैनिक मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । जसले गदा आर्यघाटमा समेत लाइन लाग्न थालेको छ । त्यहाको दृश्य भने झनै कारुणिक छ । मृतकलाई आफन्तले राम्ररी अन्तिम पटक विदाई समेत गर्न सक्दैनन् । कोरोना संक्रमित मृतकको अनुहार त टाढाकै कुरा भयो, शरिरको कुनै पनि भाग नदेखिने गरी ढाकिएको छ ।
नेपाली सेनाको तालिमप्राप्त टोलीले शव व्यवस्थापन गरिरहेको छ । निर्देशन पाउनेबित्तिकै टोली विभिन्न अस्पताल पुग्ने गर्छ । टोलीले अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पु¥याएर स्वीकृति लिन्छ । त्यसपछि आवश्यक सुरक्षा सावधानी अपनाउँदै टोलीले शववहानमा हालेर पशुपती आर्यघाटमा पु¥याउँछ । शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामान निसंक्रमण गर्छन ।
अस्पतालबाट निकालेर मृत शरीरलाई शववाहनमा राख्छन् । त्यसपछि, फेरि त्यसैगरी आफू र वरिपरिका सामानलाई निसंक्रमण गरेर र पशुपतितिर पु¥याउँछन् । पशुपति लगेपछि उनीहरू मृतकलाई सलामी दिन कहिल्यै छुटाउँदैनन् । फूलमाला अर्पण गर्न चाहनेलाई सुरक्षित स्थानबाट अवसर दिइन्छ । सलामीपछि शवको दाहसंस्कार हुन्छ । यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको परम्पराअनुसार गराइन्छ । त्यसपछि फेरि निसंक्रमणको सिलसिला चल्छ । उनिहरुले आफूले प्रयोग गरेका सामान डिस्पोछ गर्छन र पुनः प्रयोग गर्न मिल्ने सामानलाई छुट्टै डस्टबिनमा राख्छन् । ती सबै कामपछि उनीहरू सिधै घर वा कार्यालय जान पाउँदैनन् ।
उनीहरू दुई सातासम्म क्वारेन्टाइनमा बस्छन् र शव व्यवस्थापनको जिम्मा अर्को टोलीले पाउँछ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरू फेरि काममा फर्कन पाउँछन् । कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुदैँन । जति बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मा लगायत आवश्यक स्वास्थ्य मापदण्ड पु¥याइ टोली तम्तयार हालतमा बसिरहनुपर्छ । खबर आउनेबित्तिक्कै शव बाहनसहित दौडीनुपर्छ ।