काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्यसामान्य रुपमा बढेको छ। शुक्रबार वैशाख २ गते पछिकै सस्तो भएको सुनको मूल्य आइतबार सामान्य रुपमा बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जसपश्चात छापावाला सुनको मूल्य ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
गत हप्ता सुनको मूल्य
गत हप्ता छापावाला सुन ८९ हजार ९ सय देखि ९१ हजार ३ सय र तेजाबी सुन ८९ हजार ४ सय ५० देखि ९० हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
आज नेपाली बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी १२ सय ९५ रुपैंयाँमा कारोबार भैरहेको छ।