नेयमारलाई फिर्ता ल्याउन लगातार प्रयास गर्दे बार्सिलोना, के फिर्ता होलान् त ?

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमार एकपटक पुनः चर्चामा छन्। पछिल्लो केहि समय देखि उनी बार्सिलोना फर्किने चर्चा छ। नेयमार आफैंले आफू पेरिस सेन्ट जर्मेन(पिएसजी)मा सन्तुष्ट रहेको बताएपनि उनी बार्सिलोना फर्किने विषय प्रकाशमा आएको छ।

स्पेनबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुका अनुसार नेयमारको बार्सिलोना फिर्ति आउने ट्रान्सफर विन्डोमै सम्भव हुन सक्छ। त्यसको तयारीमा बार्सिलोना अहिले देखि नै जुटिसकेको त्यहाँक पत्रिकाहरु दावी गर्छन्।

एक स्पेनिस पत्रिकाका अनुसार नेयमारको सम्बन्ध बार्सिलोना र पिएसजी बीच पछिल्लो समय केहि संवाद भएका छन्। केहि समय अगाडी मात्र बार्सिलोनाले पिएसजीलाई सम्पर्क गरेर नेयमार बारे चासो व्यक्त गरेको बताइन्छ।

हाल पिएसजी नेयमारको सम्झौता थप्ने प्रयासमा छ। उसले नेयमारलाई क्लबमै अड्याउन विभिन्न प्रयासहरु गरिरहेको छ। नेयमारलाई पिएसजीले बेच्न नचाहेको भएपनि बार्सिलोनाले प्रयास भने जारी नै राखेको छ।

हुन त केहि समय अगाडी बार्सिलोना फिर्ता हुनको लागि नेयमार आफ्नो तलब कटौती गर्न तयार रहेको समाचार समेत एक थिए। अब उनी बार्सिलोना फिर्ता हुन्छन् अथवा पिएसजीमै बस्छन् भन्ने स्पष्ट हुन अझै केहि समय कुर्नुपर्नेछ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१२:१५

एम्बाप्पेको अवस्था के छ ? सिटि विरुद्ध उपलब्ध होलान् ? यसो भन्छन् पोचेटिनो !