शंकर पोखरेललाई फेरी अर्को झड्का, तीन सांसदले दिए राजीनामा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका एतीनक प्रदेश सांसदले राजीनामा दिएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य रहेका तीन जनाले आइतबार राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।

राजीनामा दिने मध्ये दुई जना दुगनारायण पाण्डेय र धर्मबहादुरलाल श्रीवास्तव एमालेको तर्फबाट निर्वाचन जितेका प्रदेश सभा सदस्य रहेका छन्। त्यस्तै अजय शाही भने सूर्य चिन्हमा जिर्वाचन जितेका हृदयेश त्रिपाठी समूहमा हुन्।

तीन सांसदको राजीनामाले आइतबार राजीनामा दिएर नेकपा एमालेको बहुमतको सरकार गठनको प्रयास गरेका मुख्यमन्त्री शंकर पोखरेलले नराम्रो झड्का लागेको छ।

पोखरेलले एकै दिन खेपेको यो दोस्रो झड्का हो। यस अगाडी सांसद विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकी थिइन्। पाण्डेको राजीनामा बहुमत सँगै सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी गर्ने शंखर पोखरेल अल्पमतमा परेका छन्।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१६:४६

कोरोना संक्रमणमा नयाँ रेकर्ड, हरेक घण्टा संक्रमितको निधन हुँदै !