नेपालमा एकसाथ विभिन्न प्रणालीको प्रभाव, मौसममा उथलपुथल !

काठमाडौँ – विभिन्न प्रणालीका कारण देशका विभिन्न स्थानहरुमा पानी पर्ने भएको छ। पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भुभाग नजिक विकसित भएको र हुने सम्भावना रहेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाका कारण आउने केहि दिन देशक धेरै जस्तो ठाउँमा पानी पर्ने भएको हो।

यस सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन जारी गर्दे सबैमा सचेत रहन आग्रह गरेको छ। विभागका अनुसार ४ देखि ५ दिन सम्म पानी पर्ने सम्भावना छ।

देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। यो सिजनमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले बुलेटिन जारी गर्दे यसो भनेको छ –

आगामी केही(४-५) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भुभाग नजिक बिकशित भएको र हुने सम्भावना रहेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने देखिएको छ।

सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा र १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १९ गते (आइतबार)

राती: देशका पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा सामान्य देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ बैशाख २० गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ बैशाख २१ गते (मंगलबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८२१:०६

‘लकडाउन चिलिन’-भन्दै प्रियंकाले आफ्नो बेबी बम्पलाई यसरी जुस खुवाएपछि…[तस्विर]