आज पनि बढ्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ – आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ। आइतबार तोलामा १ सय रुपैंयाँले बढेको सुनको मूल्य आज ४ सय रुपैंयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुन ९० हजार ४ सय र तेजाबी सुन ८९ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

सुन सँगै आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु ५ ले बढेसँगै चाँदीको मूल्य १३ सय रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८११:११

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण