फेरी ‘अमेरिकन आइडल’ को टप ७ मा दिवेश पोखरेल, यसरी गरे खुसि व्यक्त!

काठमाडौँ, बैशाख २०। विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ मा छानिने पहिलो नेपालीको रुपमा रहेका दिवेश पोखरेल (अर्थर गन) ‘अमेरिकन आइडल’ को १९ सिजनमा पनि टप ७ मा पर्न सफल भएका छन्। यसअघि ‘अमेरिकन आइडल’ सिजन १८ को उपविजेता बनेका नेपाली मुलका दिवेश पोखरेलले सिजन १९ मा पनि पुन भाग लिने मौका पाएका हुन्। भोटिंगबाट फेरी टप ७ मा आएपछि उनले सबैलाई फेरी धन्यबाद दिएका छन्। साथै अमेरिकन आइडलको स्टेजमा दोस्रोपटक पनि आउन पाउनु आफ्नो सबै भन्दा ठूलो सपना भएको बताएका छन्।

‘अमेरिकन आइडल’ १८ का १० जना प्रतियोगीले सिजन-१९ मा भाग लिने मौका पाएका हुन्। कोरोना भाइरसको कारण आइडलका केहि  प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै अमेरिकन आइडलले  सिजन १८ का १० जनालाई सिजन-१९ मा पनि मौका दिने निर्णय गरेको थियो। जसमा अर्थर गनसँगै एलिना जेस्टर, फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए ।

सिजन १९ मा पनि भाग लिएका दिवेश अहिले आइडलको टप ७ मा पर्न सफल भएका छन्।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१४:१४

झण्डै तीन लाख लाइसेन्स छाप्न बाँकि, कार्ड नहुँदा छपाई रोकियो !