लुम्बिनीको राजनितीको अर्को ट्वीस्ट, बहुमतमा शंकर पोखरेल !

बुटवल – सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गरेका छन् ।

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा श्रीवास्तव र शाहीसहित ४२ जनाको हस्ताक्षर थियो ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१३:५९

काठमाडौँमा आइसियू अभाव, ‘हवाई बेड लिफ्ट’ गरी संक्रमितलाई पुर्याइयो झापा !