‘कांटा लगा’ गीतमा देखिएकी शेफाली यति धेरै फेरिइन्, पहिला भन्दा भएकी छन् धेरै सुन्दर ! [तस्विर]

एजेन्सी – फिल्म इन्डस्ट्रीमा जहिले पनि नसोचेको हुन्छ। कोहि रातारात स्टार बन्छन् र कोहि रातारात बेपत्ता हुन्छन्। कुन कलाकार कति बेला गएर हिट हुन्छन् र फ्लप हुन्छन् भन्ने कुरा ठेगान नै हुँदैन।

यहि कुरालाई पुष्टि गर्ने उदाहरण हो नायिका शेफाली जरीवालाको करियर। शेफाली मात्र एक गीतका कारण रातारात स्टार बनेकी थिइन्। सन् २००२ मा आएको ‘कांटा लगा’ बोलको गीतले शेफालीलाई रातारात चर्चामा ल्याएको थियो।

उक्त गीतको भिडियोले शेफालीलाई चर्चामा मात्र ल्याएन विवादमा पनि पार्यो। गीतको म्युजिक भिडियोले अ-श्लि-लता फैलाएको भन्दै त्यसबेला शेफालीको चर्चा आलोचना भएको थियो।

सन् २००२ मा गीत रिलिज भएलगतै हिट भएको थियो। त्यसबेला यो गीत हरेकोको मुखमा झुण्डिएको थियो। त्यसबेला उक्त गीत डिस्को, शादी, पार्टी देखि अटोरिक्शा सम्ममा बज्थे। गीत धेरैको रिंग टोन समेत बनेको थियो। पूरानो गीतलाई रिमिक्स गरी तयार पारिएको गीतमा शेफालीले दमदार र बोल्ड डान्स गरेकी थिइन्।

गीतले हिट बनाएपनि चलचित्रमा खासै पाइनन् काम

‘कांटा लगा’ले हिट बनाएपनि शेफालीले चलचित्रहरुमा खासै काम भने पाइनन्। उनले सन् २००४ मा आएको चलचित्रमा सानो भूमिका निभाउने मौका पाएकी थिइन्। त्यसको अलावा उनी सन् २०११ मा एक कन्नड चलचित्रमा देखापरेकी थिइन्।

चलचित्रहरुमा खासै मौका नपाएपनि शेफाली विभिन्न टेलिभिजन रियालिटी शोहरुमा देखा परिसकेकी छन्। पछिल्लो पटक उनलाई बिग बोसको १३ औं सिजनमा देखिएको थियो।

तस्विर : इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१४:३७

प्रिन्टेड ड्रेसमा काइली जेनरको बो-ल्ड अवतार, हेर्नुहोस उनका केहि कामुक रुप-[तस्विर]!