एक हप्ता थपियो निषेधाज्ञा, पसल खोल्न पाउने नियममा पनि कडाई !

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। उपत्यकामा निषेधाज्ञा एक हप्ता थप हुने भएको हो।

मंगलबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णयका साथ-साथै निषेधाज्ञालाई थप कडा बनाउने निर्णय पनि गरेको छ।

अब निषेधाज्ञा २९ गतेसम्म हुनेछ भने निषेधाज्ञाको समयमा बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ। बिना काम बाहिर निस्किन पूर्णरुपमा बन्द गर्ने निर्णय पनि बैठकको छ।

साथै अब देखि अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पास बन्द गर्ने निर्णय पनि भएको छ ।  बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय पनि मंगलबारको बैठकले गरेको छ  ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१५:५५

पूर्वरानी कोमल र नेता खनालको स्वास्थ्य अवस्थाबारे अस्पतालले दियो यस्तो खबर!