ग्रहचक्रमा हुने अनेक परिवर्तनले यी राशि हुनेहरुलाई लाभै-लाभ, हेर्नुहोस् मासिक राशिफल !

एजेन्सी – मे महिनामा विभिन्न ग्रहहरुको राशि परिवर्तन परेको छ। केहि ग्रहहरुले राशि परिवर्तन गरिसकेका छन् भने आउने समयमा केहि ग्रहहरुले राशि परिवर्तन गर्नेछन्। ग्रहहरुले गर्ने हरेक राशि परिवर्तनको प्रभाव सबै राशिलाई पर्नेछ। जसकारण सम्पूर्ण राशिको भाग्यमा सकारात्मक र नकारात्मक परिवर्तन हुनेछ।

हालको अवस्थामा कुन ग्रह कहाँ ?

मंगल- हाल मंगल ग्रह मिथुन राशिमा छ। यस महिना मंगलको कुनै पनि राशि परिवर्तन छैन।
चन्द्रमा – चन्द्रमाले हरेक साढे २ दिनमा राशि परिवर्तन गर्छ। यस हिसाबले मे महिनामा चन्द्रका कयौं राशि परिवर्तन छन्।
बुध – मे महिनामा बुधको दुई राशि परिवर्तन परेको छ। हालको अवस्थामा बुध वृष राशिमा छ।
शुक्र – शुक्र ग्रह हाल वृष राशिमा छ।
वृहस्पति – हाल वृहस्पति कुम्भ राशिमा छ।
शनि – शनि ग्रह अहिले मकर राशिमा छ भने मे २३ पश्चात शनिले वक्री छाल चाल शुरु गर्नेछ।
राहु – यस वर्ष राहु वृष राशिमा छ।
केतु – यस वर्ष केतु वृश्चिकमा छ।
सूर्य – सूर्य १४ मेबाट वृष राशिमा हुनेछन्। हाल मेष राशिमा रहेको सूर्यले त्यसदिन मेष राशि छाडेर वृष राशिमा प्रवेश गर्नेछ।

महिनाभर हुने ग्रहहरुको परिवर्तनका आधारमा महिना कुन राशिलाई कस्तो रहला ? हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

ग्रहचक्रमा हुने विभिन्न परिवर्तनका कारण मेष राशि हुनेहरुलाई महिनाभर नै आर्थिक समस्या नहुने देखिन्छ। आकस्मिक धन प्राप्तिको योग देखिन्छ भने गुमेको तथा डुबेको धन पनि फिर्ता हुन सक्ला। पारिवारिक वातावरणका कारण मन आनन्दित रहनेछ। विलासिता पूर्ण सामानहरुमा खर्च हुने देखिन्छ। महिनाको अन्त्यमा लामो समय सम्म भेट नभएका प्रियजनसँग भेट हुन सक्ला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

ग्रहचक्रमा हुने सबै परिवर्तनहरुले सबै भन्दा बढी लाभ वृष राशि हुनेहरुलाई दिने देखिन्छ। आर्थिक, सामाजिक, पारिवारिक, धार्मिक मात्र नभई शैक्षिक रुपमा अपनी महिना वृष राशि हुनेहरुको धेरै शुभ रहनेछ। धेरै समय देखि अड्किएका कार्य सुचारु हुनेछन् भने नयाँ कार्य थालनीको वातावरण पनि निर्माण हुनेछ। स्वास्थ्यको हिसाबले पनि महिना धेरै शुभ देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मे महिना मिथुन राशि हुनेहरुका लागि खासै शुभ रहने देखिँदैन। आर्थिक लेन-देनबाट टाढा रहेकै राम्रो होला। सहजै विश्वास गर्ने बानिले अफ्ठेरोमा पार्न सक्छ। महिनाभर यात्रा नगरेकै राम्रो होला। खर्चमा अनियन्त्रण नहुँदा आर्थिक समस्या निम्तिन सक्ने देखिन्छ। स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सतर्क रहनु होला। शत्रुहरु सक्रिय भएर जाने हुँदा सक्दो सावधानी अपनाउनु आवश्यक देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कर्कट राशि हुनेहरुका लागि ग्रहले गर्ने राशि परिवर्तन सामान्य रुपमा लाभदायक रहने देखिन्छ। परिवारमा रहेका कलह हटेर जाँदा त्यसको सकारात्मक प्रभाव दैनिकीमा मात्र नभई कार्यक्षेत्रमा पनि पर्नेछ। आर्थिक रुपमा महिना सुखद नै रहने मान्न सकिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर पनि जुर्न सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

ग्रहहरुको राशि फेरबदललाई आधार बनाउने हो भने सिंह राशि हुनेहरुका लागि महिना मिश्रित रहने देखिन्छ। सामाजिक र पारिवारिक जीवन सोचे जस्तै बितेपनि आर्थिक पक्ष भने खासै सवाल हुने देखिंदैन। कानुनी रुपमा पनि समस्याको सामना हुने देखिन्छ। यधपी परिवार तथा प्रियजनको सहयोगका कारण ती समस्याहरु महिनाको मध्यसम्ममा हटेर जानेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

ग्रहचक्रमा हुने परिवर्तनका आधारमा कन्या राशि हुनेहरुका लागि मे महिना धेरै नै सुखद रहने देखिन्छ। आर्थिक रुपमा खासै प्रगति नभएपनि आर्थिक समस्या सहजै टर्ने देखिन्छ। देश बाहिर रहेका आफन्तजनबाट केहि बहुमूल्य उपहार प्राप्त हुने योग देखिन्छ। प्रेम जीवन तथा वैवाहिक जीवन पनि सोचेजस्तै रहने देखिन्छ। महिनाको अन्त्यमा आउने महिनाहरुमा लाभ दिलाउने विभिन्न आम्दानका ढोका खुल्ने योग समेत रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तुला राशि हुनेहरुका लागि मे महिना मिश्रित रहनेछ। स्वास्थ्यमा सुधार आउँदा उर्जा तथा पराक्रम बढ्नेछ। मान सम्मान प्राप्त हुने योग समेत देखिन्छ। यधपी आर्थिक रुपमा भने महिना खासै सुखद रहने देखिंदैन। आर्थिक रुपमा समस्या आउँदा अरुको मुख ताक्नुपर्ने अवस्था आउनेछ। आफ्नै भनिएकाहरुबाट धोका हुन सक्ने हुँदा सतर्क रहनु होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वृश्चिक राशि हुनेहरुका लागि पनि महिना मध्यम फलदायी रहने देखिन्छ। महिनाको शुरुवातमा विभिन्न समस्या संग साक्षत्कार भएपनि समयसँगै समस्याहरु हराएर जानेछन्। खर्च कम गर्न सक्ने महिनाभर आर्थिक समस्या आइनपर्ने देखिन्छ। बोलि तथा व्यवहारका कारण पनि समस्या उत्पन्न नहोला भन्न सकिँदैन। महिनाको अन्त्यमा सामान्य यात्राको योग पनि देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मे महिना धनु राशि हुनेहरुका लागि खासै सुखद रहने देखिँदैन। सोचेका कुनै पनि कार्य सफल नहुँदा मानसिक रुपमा विचल्लित हुने अवस्था रहला। सकेसम्म कुनै पनि क्षेत्रमा लगानी गर्न र आर्थिक लेन-देन गर्न महिना शुभ देखिँदैन। नयाँ व्यक्तिसँग सहकार्य हुने सम्भावना धेरै नै कम देखिन्छ। पारिवारिक रुपमा समेत कलह बढ्ने देखिन्छ। महिनाको अन्तिम हप्तामा भने समस्याहरुबाट क्रमिक रुपमा छुट्कारा मिल्दै जाने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मकर राशि हुनेहरुलाई मे महिनाभर विभिन्न प्रकारका सफलताहरु मिल्नेछन्। शैक्षिक रुपमा महिना धेरै शुभ देखिन्छ। प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई सहजै पराजित गर्न सफल भइने देखिन्छ। शत्रुलाई समेत आफ्नो पक्षमा पार्ने महिना छ। स्वास्थ्यले पनि साथ दिँदा महिनाभर उच्च उर्जा तथा पराक्रम कायम रहने देखिन्छ। आर्थिक पक्ष पनि महिनाभर सवल रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मे महिनामा कुम्भ राशि हुनेहरुलाई आर्थिक समस्या आइपर्ने देखिँदैन। स्वास्थ्यको हिसाबले पनि महिना सुखद नै रहने देखिन्छ। परिवार तथा आफन्तजनबाट राम्रो सहयोग र साथ मिल्नेछ। तर समयमा निर्णय गर्न नसक्दा पनि असफलता हात लाग्न सक्ला। घर-जग्गा सम्बन्धि कारोबार महिनाभर नगरेकै उचित होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

ग्रहचक्रमा हुने सम्पूर्ण परिवर्तनले दिने फललाई आधार बनाउने हो भने मे महिना मीन राशि हुनेहरुका लागि धेरै नै लाभप्रद रहने देखिन्छ। पराक्रम वृद्धि हुँदा सम्पूर्ण क्षेत्रमा सफलता हात लाग्नेछ। नयाँ क्षेत्रमा लगानी गर्नको लागि महिना धेरै नै शुभ देखिन्छ। यस महिना प्रेम जीवन पनि अर्को तहमा पुग्ने देखिन्छ। प्रेमलाई विवाहमा परिणत गराउन महिना धेरै शुभ देखिन्छ। खेलाडी तथा राजनीति गर्नेहरुका लागि पनि महिना धेरै शुभ देखिन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१७:५६

सूर्यले गर्दैछ राशि परिवर्तन, यी ४ राशि हुनेहरुलाई धेरै शुभ !