अब काठमाडौँ छाड्नेले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।

यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब रु तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८२१:१५

कोरोनाबाट नेपालमा हरेक घण्टा २ जना भन्दा बढीको निधन हुँदै !