सन्न्यास बारे रोनाल्डोको यस्तो प्लान !

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् ।

युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । पाँच पटकको बालोन डिओर विजेता ३६ वर्षीय रोनाल्डोले ४० वर्षको उमेरसम्म खेल्न सक्ने छन् ।

गतबर्ष रोनाल्डोकी आमाले स्पोर्टिङको जर्सी च्यापेको साथै जर्सीमा रोनाल्डोको नम्बर ७ अंकित भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो । रोनाल्डोलाई केहि समयअघि स्पोर्टिङले सम्मान गर्दै घरेलु रंगशालाको नाम समेत रोनाल्डो कै नाममा गरिएको थियो । स्पोर्टिङको क्लब एकेडेमीको नाम हाल एकेडेमी क्रिस्टियानो रोनाल्डो राखिएको छ ।

रोनाल्डोले १२ बर्षे उमेरमा नै लिस्बनका निम्ति खेल खेलेका थिए । युनाइटेड प्रवेश गर्नु पुर्ब उनले लिस्बनका निम्ति ३१ खेल खेलेका थिए । अद्भुत रोनाल्डोले लिस्वनमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दा म्यानचेस्टर युनाइटेडमा आफ्नो प्रतिभा निखारेका थिए । त्यसपछि उनले आफ्नो सबैभन्दा सफल व्यवसायिक खेल जीवन स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए । रियलका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका छन् ।

सबैलाई आश्चर्यमा पार्दै रोनाल्डोले २०१८ मा रियल छाड्दै युभेन्टस पुगेका थिए । युभेन्टसमा पनि रोनाल्डोको प्रदर्शनमा उतारचढावपुर्ण रहँदै आएको छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१०:२५

कुशल ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा, यसरी गर्नुहोस् भोट !