प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण!

बैशाख, २२ । नेकपा एमाले संसदीय दलका नेता तथा  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ। गुरुङले  टाउको दुख्ने र ज्वरो बढेपछिटेस्ट गराउँदा आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा कोरोना संक्रमण देखिएपछि गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गुरुङको आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट पनि गरिएको छ। पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ मंगलबार भएको सर्वदलीय बैठकमा सहभागी थिए । साथै उनले केही दिनअघि काठमाडौंमा प्रधानमन्त्री ओलीलाई समेत भेटेका थिए।

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु
बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका ६० वर्षीय पुरुषको गए राति ११.४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उहाँहरुको अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१२:२७

भारतमा बढ्यो पेट्रोल, डिजेलको मूल्य ! कति ?