आफैले पढाउने विद्यार्थीलाई काठमाडौँ ल्याएर २ दिनसम्म ब-ला’त्कार, शिक्षक पक्राउ!

सांकेतिक तस्विर

काठमाडौँ, बैशाख २२ । दोलखा भीमेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका पुतलीसडकमा बस्ने एक शिक्षक पक्राउ परेका छन्। १४  वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन्।

लामाले आफैले पढाउने बिधार्थीलाई  काठमाडौँ ल्याएर सुन्धारास्थित एक होटलमा ललाइफकाइ जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले गोरखाको एक स्कुलमा पढाउँथे। लामाले ति बालिकालाई दुई दिनसम्म होटलमा राखेका थिए।

लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ गरेका हुन्। बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई प्रहरी हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको  छ।

 

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१४:०८

कोरोना: देवघाटमा आउन थाल्यो दोब्बरभन्दा बढी शव, १८ घण्टामा ८ को मृत्यु!