पोग्बाको नजरमा एम्बाप्पे र अर्का यी खेलाडी हुन् फुटबलको भविष्य !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले मार्कस राशफोर्ड र किलियन एमबाप्पे फुटबलको वर्तमान र भविष्य रहेको दावी गरेका छन्।

पोग्बाले म्यानचेस्टर युनाइटेडका समर्थकसँगको एक सक्षात्कारका क्रममा राशफोर्ड र एमबाप्पे फुटबलको वर्तमान मात्र नभई भविष्य पनि रहेको दावी गरेका हुन्। कम उमेरमै दुवै खेलाडीले धेरै प्रगति गरिसकेको र आउने समयमा उनीहरुले थप सफलता हाँसिल गर्ने पोग्बाको विश्लेषण छ।

“दुवै ठूला र राम्रा प्रतिभाहरू हुन्। मलाई लाग्छ उनीहरु युवा अवस्थामै धेरै प्रतिभाशाली छन्।”,उनले भने,”उनीहरूले जे हाँसिल गरेका छन्, त्यो उनीहरुको उमेरका लागि धेरै हो।”

एम्बाप्पे र राशफोर्डको प्रशंसामा धेरै समय खर्चिएका पोग्बाले दुवै खेलाडी आउने समयमा थप सुधारिने र परिपक्क हुने दावी गरे। पोग्बाले थप भने,”मलाई लाग्छ एम्बाप्पे र राशफोर्ड वर्तमान र भविष्य हुन्।

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट

पोग्बाको नजरमा मेस्सी र रोनाल्डो बराबर छन्। मेस्सी र रोनाल्डो कोहि पनि एक-अर्का भन्दा कम नरहेको पोग्बाले बताए। दुवै फुटबलका महान् लेजेन्ड रहेको पोग्बाको भनाई छ।

उनले भने,”हरेक व्यक्तिका फरक-फरक राय हुन्छन्। तर मेरा लागि दुवै महान् लेजेन्ड हुन्। म भन्छु कि – दुवै कोहि भन्दा कम छैनन्। फुटबल जगतमा दुवैको योगदान ठूलो छ।”

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१४:०८

यी खेलाडीको नजरमा मेस्सी र रोनाल्डो बराबर छन् !