छोरी जन्मिँदा खुशीले गद-गद भयो पूरा परिवार, हेलिकप्टरमा ल्याइयो, पूरा गाउँले उत्सव मनायो !

एजेन्सी – एक नवजात शिशुलाई भारत राजस्थानको एक गाउँमा अनौठो स्वागत गरियो। हेलिकप्टरमा गाउँ ल्याइएकी ती २ महिने शिशुलाई सारा गाउँले नै स्वागत गरे। उनको स्वागतमा फूल वर्षिय भने घर पुग्ने बाटोभरी फूल बिछ्याइए। ती शिशुको गृह प्रवेश यति शानदार थियो कि अहिले उक्त घटना सामाजिक संजाल तथा इन्टरनेटमा भाइरल भइरहेको छ।

घटना राजस्थानको नागौर जिल्ला स्थित निम्बडी चान्दावता गाउँको हो। उक्त गाउँमा बस्ने मदनलाल कुम्हार परिवारमा नातिनी जन्मिँदा यति खुशी भएकी उनले नातिनीको स्वागतमा कुनै कसर बाँकी राखेनन्।

यसरी गरियो स्वगात

ती बालिकाको जन्म २ महिना अगाडी नै उनको मामाघरमा भएको थियो। दुई महिना सम्म मामाघर बसेकी उनलाई घर ल्याउने परिवारमा सल्लाह भएपछि बालिकाका हजुबा मदनलाल कुम्हारले भव्य स्वागत गरिनुपर्ने बताए। त्यसको लागि उनले आफ्ना छोरालाई हेलिकप्टरको प्रवन्ध गर्न भने। उनको निर्देशन अनुसार नै बालिकालाई हेलिकप्टरमा गाउँ ल्याइयो।

बालिकाको स्वागत गर्न पूर्ण गाउँ नै जम्मा भएको थियो। ३५ वर्ष पछि परिवारमा छोरी जन्मिँदा परिवार त खुशी थियो नै, गाउँलेहरु पनि उक्त उत्सवमा सहभागी भए।

३५ वर्षपछि परिवारमा पहिलो छोरी जन्मिएका कारण उनी उत्साहित भएको मदनलालले बताए। महिना अगाडी मामाघरमा जन्मिएकी नातिनीलाई घर प्रवेश गराउँदाको पललाई सदा यादकार बनाउन आफूले यसो गरेको उनको भनाई छ।

बालिकाका पिता हनुमान राम प्रजापतले छोरीको जन्मलाई हरेकले एक उत्सवको रुपमा मनाउनुपर्ने आफूहरुको मान्यता रहेको बताए। आफ्नो परिवारमा ३५ वर्षपछि लक्ष्मीको प्रवेश भएको उनको भनाई छ।

उनले भने,”मेरी नवजात छोरीलाई हेलिकोप्टरमा ल्याएर म यो सन्देश दिन चाहन्छु कि छोरीको जन्म चाडको रूपमा मनाइनु पर्छ।”

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१८:१०

जब बेहुलाकी आमाले विवाहकै दिन थाहा पाइन बेहुली आफ्नै छोरी भनेर…अनि भयो यस्तो निर्णय!