कोरोनाले लियो यी चर्चित अभिनेत्रीको ज्यान, गरेकी छिन थुप्रै चलचित्र!

कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । भारतमा कोभिड-१९ को दोस्रो लहरमा फिल्म इन्डस्ट्रीबाट पनि थुप्रै नराम्रो खबर बाहिरिएको छ।

कोभिड-१९ को कारण फिल्म ‘बटवारा’ की अभिनेत्रि श्रीप्रधाको निधन भएको छ। उनि ९० दशकको चर्चित अभिनेत्रीहरु मध्ये एक थिइन्। चलचित्र बक्स अफिस  सिने तथा टिभी कलाकार संघले अभिनेत्री श्रीप्रधाको निधन  भएको जानकारी सामाजिक संजालमार्फत दिएको थियो।

आफ्नो सोशल मिडिया ह्यान्डलबाट अभिनेत्रीको निधनको  खबर शेयर गर्दै कलाकार संघले  बताए कि, ‘श्रीप्रधाको निधन कोभिड-१९ पोजिटिभको कारण भएको छ । कोरोना संक्रमण भएपछि अभिनेत्री श्रीप्रधाको स्वास्थ्य अवस्था पनि बिग्रेको थियो।

संघले लेखेको छ, “श्रीप्रधाको निधनमा दुख व्यक्त गर्दै सिनटा शोमार्फत  आत्मा शान्तिको कामना गर्छौ। भगवानले परिवारलाई शक्ति देओस। श्रीप्रधा १९८९ सालबाट सिनटाको सदस्य रहदै आएकी थिइन्।  भगवानले परिवारलाई शक्ति  दिउन।’

एक्ट्रेस श्रीप्रधाले  फिल्म इंडस्ट्रीको साथै टिभीबाट पनि निकै काम कमाइन। उनले १९७८ मा आफ्नो फिल्म करियर सुरु गरेकी थिइन्। ‘कैसी ये यारियां’, ‘जी हॉरर शो’, ‘अधूरी कहानी हमारी’ समेत थुप्रै हिन्दि र भोजपुरी फिल्म गरिन। उनले ८०-९० को दशकको फिल्म ‘बटवारा’, ‘दिलरुबा टांगेवाली’, ‘शोले और तूफान’ मा पनि काम गरेकी छिन। यस बाहेक श्रीप्रधाले थुप्रै साउथ फिल्म पनि गरिन।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१४:५९

चेल्सीले जित्दा पनि खुशी भए हाजार्ड, सामाजिक संजालमा हुँदैछ व्यापक ट्रोल ! [भिडियो सहित]