बिलले बिहेअघि आफ्नी प्रेमिकाबारे मेलिंडासँग राखेका थिए यस्तो अनौठो शर्त,कस्ती छिन उनि?

बिहे भएको २७ वर्षपछि बिल गेट्स र मेलिंडाको डिभोर्सको खबरले अझै पनि सबै आश्चर्यचकित छन्। माइक्रोसफ्टको  संस्थापक तथा अरबपति बिल गेट्स पहिले पनि थुप्रै कुराको कारण चर्चामा रहिरहन्थे । कमै मान्छेलाई बिहेभन्दा पहिला बिलको एक गर्लफ्रेन्ड थियो भन्ने कुरा थाहा छ। जसको नाम एन विनब्ल्याड थियो। विवाह गर्नुभन्दा पहिला बिलले उसकी प्रेमिकाको बारेमा मेलिंडासँग एक अनौठो  सम्झौता गरेका थिए ।

सन् १९९७ मा  टाइम पत्रिकालाई दिएको अन्तर्वार्तामा बिलले यस कुराको खुलासा गरेका थिए कि १९९४ सालमा बिहेको समयमा उनले मेलिंडासँग एक सम्झौता गरेका थिए। जसमा  उनी हरेक वर्ष आफ्नो पुरानो गर्लफ्रेन्ड  एन विनब्ल्याडसँग एक लामो  वीकेंडमा जानेछन्। यति मात्र नभई मेलिंडालाई प्रपोज गर्नुभन्दा पहिला बिलले प्रेमिकाको मन्जुरी  लिएका थिए ।  अन्तर्वार्तामा बिलले बताएका थिए ,”जब मैले मेलिंडासँग बिहे गर्ने कुरा सोचिरहेको थिए तब मैले पहिला विनब्ल्याडलाई कल गरेर मन्जुरी लिए र उसले पनि मलाई अनुमति दिईन। “

विनब्ल्याड सफ्टवेयर एक्सपर्ट थिइन् र बिलभन्दा ५ वर्ष ठुली थिइन्।  साथै उनीहरु छुट्टाछुट्टै सहरमा बस्थे। यसकारण विनब्ल्याड र बिल प्राय  भर्चुअल डेटिंग गर्थे। उनीहरु एकै समयमा कुनै फिल्म हेर्थे र पछि फोन गरेर त्यसबारे कुरा गर्थे। त्यस समय म्यागजीनलाई दिएको अन्तर्वार्तामा  विनब्ल्याडले भनेकी थिइन्, ‘हामी आफ्नो र दुनियाको बारेमा आफ्नो विचार एकअर्कासँग साझा गर्थ्यौ। ‘

सन् २००५ मा सान फ्रान्सिस्को क्रनिकल पत्रिकालिई दिएको अन्तर्वार्तामा  विनब्ल्याडले भनेकी थिइन् ,”जब मैले बिललाई डेट गर्न सुरु गरेकी थिए तब उ ठुलो व्यक्तित्व थिएनन्। एक समय यस्तो पनि थियो कि मेरो आर्थिक स्थिति उसको भन्दा राम्रो थियो  र हरेक चीजको भुक्तानी मैले गर्नु पर्थ्यो।  यधपी यस्तो स्थिति कमै समयसम्म भएपनि यादगार रह्यो। “

त्यस समय बिल गेट्स विनब्ल्याडको मायामा यति पागल थिए कि विनब्ल्याडलाई खुशी बनाउनको लागि उनले ननभेज खान छोडेका थिए। बिल सधैँ केहि ठुलो सोच्थे र विनब्ल्याड बिलको आत्मविश्वासबाट प्रभावित थिइन्। सन् २०१३ मा सिलिकन भ्याली बिजनेस जर्नललाई दिएको अन्तर्वार्तामा  विनब्ल्याडले भनेकी थिइन् ,”एक पटक बिल र म समुद्र तटमा पैदल गएका थियौ। त्यसबेला बिलले भनेका थिए कि जुन दिन मैले ५०० मिलियन डलर राजस्व पाउँछु, त्यो दिन मलाई आफ्नो बाटोमा छु भन्ने लाग्नेछ। म बिलबाट निकै प्रभावित रहन्थे। सधै  उबाट प्रेरणा मिल्थ्यो। “

बिल अनुसार विनब्ल्याड निकै रमाईलो स्वभावको थिइन् र कुनै गम्भीर माहोललाई सजिलै खुशीमय बनाउथिन्। साथै उनी निकै चतुर थिइन्। बिलले अन्तर्वार्तामा बताए , ‘विनब्ल्याडसँग मेरो मनपर्ने भ्रमण एक हप्ताको लागि सान्ता बार्बराको भ्रमण थियो। हामीले बायोटेक्नोलजी बुझ्नको लागि त्यससँग सम्बन्धित धेरै फिल्म लगेका थियौ। बाहिरको मौषम राम्रो भए पनि  हामी घन्टौँ भित्र बसेर फिल्म हेर्थ्यौं। “

सन् १९८७ मा बिलको विनब्ल्याडसँग ब्रेकअप भएको थियो।  तर उनीहरु एक-अर्कालाई भेटिरहन्थे। पछि विनब्ल्याडले एलेक्स क्लाइनसँग बिहे गरेकी थिइन्। बिल गेट्स र उनको श्रीमती मेलिंडा २७ वर्षपछि छुट्टिने कुराले सबै छक्क छन्। मेलिंडाको अनुसार बिल गेट्स आफ्नो पारिवारिक जिंदगी र  भविष्यलाई सन्तुलन बनाउन सकिरहेका छन्।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८२०:१९

यी चर्चित अभिनेत्रीले अमेरिका पुगेर देखाइन यस्तो रुप, सामाजिक संजालभर बन्यो भाइरल!