चेल्सीले जित्दा पनि खुशी भए हाजार्ड, सामाजिक संजालमा हुँदैछ व्यापक ट्रोल ! [भिडियो सहित]

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा गएराति स्पेनिस महारथी रियल म्याड्रिड चेल्सीसँग पराजित भयो। सेमिफाइनलको पहिलो लेगमा इंगलिस प्रिमियर लिग क्लब चेल्सीसँग बराबरी खेलेपनि बुधबार राति भएको खेलमा रियलले २ गोल बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो।

कप्तान सर्जियो रामोस चेल्सी विरुद्ध फर्किएपनि उनको उपस्थितले रियललाई जिताउन सकेन। रियलका प्रशिक्षक जिदानले अग्रपङ्तिमा चेल्सीका पूर्व फरवार्ड इडेन हाजार्ड र करिम बेन्जेमालाई मौका दिएका थिए। तर, दुवैले दुवैले गोल गर्न सकेनन्।

पूर्व क्लब चेल्सी विरुद्ध हाजार्डको प्रदर्शन खासै सम्झनलायक रहेन। लामो समय चोट ग्रस्त भएर खेल्न नसकेका हाजार्डले च्याम्पियन्स लिगमा पाएको मौकालाई सहि सदुपयोग गर्न सकेनन्।

एक भिडियो जसको चर्चा भैरहेकोछ

चेल्सीसँग समग्रमा ३-१ गोल अन्तरले पराजित हुँदै रियल च्याम्पियन्स लिगबाट बाहिरिएसँगै यति बेला हाजार्डको एक भिडियो चर्चामा छ। उक्त भिडियोले हाजार्डलाई पुनः एक पटक मजाकको पात्र बनाइदिएको छ।

के छ भिडियोमा ?

भिडियो गएरातिको खेल सम्पन्न भएपश्चातको हो। भिडियोमा हाजार्ड चेल्सीका गोलरक्षक एडुअर्ड मेन्डी र कर्ट जुमासँग कुरा गरिरहेको देखिन्छन्। हाजार्ड यति हँसमुख देखिन्छन् कि, उनको हाँसो देख्दा चेल्सीको जितमा उनी धेरै नै खुशी भएको भान हुन्छ।

आफ्नो टिमले हारेको अवस्थामा आफ्नै सहकर्मीहरुका अगाडी हाजार्डले देखाएको व्यवहारलाई रियलका समर्थकहरुले मन पराएका छैनन्। हाल सामाजिक संजालमा हाजार्डको आलोचना र ट्रोल भइरहेको छ।

https://twitter.com/sainztappen/status/1390051967393832961

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१६:०१

भोतभतेरबाट फैलियो कोरोना, विवाह, व्रतबन्ध, पूजाआजामा गएका धेरै संक्रमित भए !