काठमाडौँ, बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान बिहिबार दिउसो करिब १ बजेर ४५ मिनेटमा निधन भएको छ। सास फेर्न गाह्रो भएपछि उनलाई आज बिहान सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको छ।

प्रेमध्वज प्रधान घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको,पर लैजाउँ फूलहरु, नमान लाज जस्ता थुप्रै हिट गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज धरोहर हुन् । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ। गायक प्रधान बुवा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा जन्मिएका थिए। उनको निधनको खबरले नेपाली संगीतलाई माया गर्ने सबैजनालाई दुखि बनाएको छ। उनको निधनप्रति यी कलाकारहरुले दुख व्यक्त गरेका छन्:
गायक प्रमोद खरेल लेख्छन्: ‘निशब्द, कस्तो दिन रहेछ आज… नेपाली संगीत जगतमा अपूरणीय क्षति… खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे… गोल्डेन भ्वाइस अफ नेपाल, हार्दिक श्रद्धांजली’
हार्दिक श्रद्धांजली
हास्यकलाकार हरिबंश आचार्य लेख्छन्: ‘आदरणिय प्रेमध्वज प्रधान ज्युप्रति हार्दिक श्रद्धासुमन।’
गायक राजेश पायल राइ लेख्छन्: ‘के सुन्दैछु म.. खबर झुटो होस,नत्र आज संगीतको कालो दिन ..’
मनोज गजुरेल लेख्छन्: ‘घुम्तिमा नआउ है ! पर लैजाउ फूलहरु ! गोरेटो त्यो गाउँको, नमान लाज यसरी…लगायत तपाईका सयौं कालजयी गीतहरु हाम्रो मन-मष्तिस्कमा सधैँ बाँची रहनेछन् ! हार्दिक श्रद्धाञ्जली आदरणीय प्रेमध्वज प्रधान सर’
केदार प्रसाद घिमिरे (माग्ने बुढा) लेख्छन्: ‘जुनियर कलाकारलाई सधैं प्रेरणा र हौसला दिनुहुने बरिष्ठ संगीतकार तथा गायक प्रेम ध्वज प्रधान दाई प्रति हार्दिक श्रद्धांजली। साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना। धेरै दु: खलाग्दो।’

हास्यकलाकार दिपक राज गिरि लेख्छन्: ‘“पर लैजाउ फूलहरू, छोपिदेउ तारा जुन बन्द गर गीतहरू, तिम्रो याद आउने सारा चिजहरू”
जे जति उपाए गरे पनि तपाइको याद ज़िन्दगीभर आइरहने छ दाइ, हार्दिक श्रद्धांजलि!!’

जितु नेपाल (मुन्द्रे) लेख्छन्: ‘मलाई जहिले भेट्दा पनि राम्रो गरेको छौ है,अझै राम्रो गर्दै जाउ भनेर माया हौसला र प्रेरणा दिनुहुने आदरणीय दाई, बरिष्ट गायक, प्रेमध्वज प्रधान ज्यूको निधनको खवरले अत्यन्तै दु:खी छु। दाईको आत्माको चिर शान्तिको कामना सहित श्रदान्जली ब्यक्त गर्दै,शोक सन्तप्त परीवारमा हार्दिक समवेदना ब्यक्त गर्दछु।’

