‘आँसुका धारा थाम्न सकिन दाई’ भन्दै भावुक भए मदनकृष्ण श्रेष्ठ, लेखे यस्तो भावुक पोस्ट!

काठमाडौँ, बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान बिहिबार दिउसो करिब १ बजेर ४५ मिनेटमा निधन भएको छ। सास फेर्न गाह्रो भएपछि उनलाई आज बिहान सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको लागि  पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको छ।

प्रेमध्वज प्रधान घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको,पर लैजाउँ फूलहरु, नमान लाज जस्ता थुप्रै हिट गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज धरोहर हुन् । उनको  कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ। गायक प्रधान बुवा  रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा जन्मिएका थिए। उनको निधनको खबरले नेपाली संगीतलाई माया गर्ने सबैजनालाई दुखि बनाएको छ। उनको निधनप्रति चर्चित हास्य कलाकारह मदन कृष्ण श्रेष्ठ निकै दुखि भएका छन्। श्रेष्ठ  सामाजिक संजालमा भावुक  हुदै लेख्छन्,

“हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,
हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,
२०२६ सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडी बढाएको थिएँ मैले।
कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।
मनमा मानबता भएको ब्यक्ति तिमी
कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।
मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेको छु। म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएको छु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ । चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ।  तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।
“गोरेटो त्यो गाउँको लौन आज” भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेको छ। “माईती घरको ” “नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेको छ। “घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र …
तिम्रो आत्मालाई चीर शान्ती मिलोस।
हार्दिक श्रध्दाञ्जलि छ है दाई
तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ”

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१७:२७

कतारले कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने, गर्यो यस्तो आग्रह!