रियलको हारमा रमाएका हाजार्डले माफी मागे, यसो भने !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले आफ्नो समर्थकसमक्ष माफी मागेका छन् । उनले आफ्नो व्यवहारका कारण समर्थकसँग माफी माग्नुपरेको हो ।

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुदै बाहिरिएपछि रियलका फरवार्ड हाजार्डले आफ्नो पुर्व सहकर्मीसँग ठट्टा गरेर हाँसको तस्विर तथा भिडियो सामाजिक सन्जालमा भाइरल भएपनि उनको चर्काे आलोचना भएको थियो । उक्त खेलमा पहिलो रोजाइमा खेलेका हाजार्डको प्रदर्शन अपेक्षा गरेअनुसार रहन सकेको थिएन ।

खेल सकिएपछि हाजार्डले चेल्सीका डिफेन्डर कोर्ट जोउमासँग ठट्टा गरेर हाँसेको तस्विर भाइरल बनेको थियो । सोही कारण उनले रियलका समर्थकसमक्ष माफी माग्नुपरेको हो । हाजार्ड आफुले जानीजानी रियलका समर्थकलाई दुःखी बनाउन यस्तो काम नगरेको बताएका छन् ।

‘यो मैले जानजान गरेको होइन । म आफ्नो समर्थकलाई दुःखी बनाउन चाहदिन । यसले समर्थकको मन दुखाएकोमा माफी चाहन्छु,’ उनले इन्स्टाग्रामको आफ्नो स्टोरीमा लेखेका छन् । यस्तै उनले रियलबाट खेल्नु जहिलेपनि आफ्नो सपना भएको र यहाँ आफु जित्नका लागि आएको बताएका छन् । उनले अबको लक्ष्य ला लिगा रहेको बताएका छन् ।

सन् २०१९ मा चेल्सीबाट रियल पुगेका हाजार्डले रियलमा अधिकांश समय चोटमै बिताएका छन् । उनले चेल्सीसँग खेल्नुअघि मात्रै लामो समयपछि चोटबाट पूनरागमन गरेका थिए ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१२:२१

पिएसजी च्याम्पियन्स लिगबाट आउट भएपछि नेयमारको पहिलो प्रतिक्रिया, भावुक हुँदै यसो भने !