इन्टर सिरी ए च्याम्पियन बनेपछि मार्टिनेजले भने – “बार्सिलोना नगएर गज्जब गरेछु”

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज अघिल्लो सिजन बार्सिलोना क्लबमा आबद्धताको नजिक पुगेका थिए । त्यसबेला भने आफू पनि बार्सिलोना जानका लागि उत्साहित थिए । तर अहिले उनी इन्टरमा उपाधि जित्दा क्लब नछाड्ने निर्णय सहि रहेको बताउँछन् ।

‘साँच्चै म बार्सिलोना जाने नजिक थिएँ,’ उनले भने छन्, ‘मैले लियोनल मेस्सीसँग पनि सल्लाह गरेको थिएँ । तर माग अनुसार अनुबन्ध गर्न उनीहरुलाई आर्थिक समस्या भयो । त्यसैले म यहि बस्ने निर्णयमा पुगे ।’

बार्सिलोनाले उनलाई भित्राउन गरेको त्यो पहिलो प्रयास भने थिएन । बार्सासँग अर्को स्पेनिस सफल टोली रियल म्याड्रिड पनि उनलाई निकै अघि भित्राउने प्रयासमा थियो । ‘त्यसबेला रियलका सान्टियागो सोलारी मेरो खेल हेर्न आएका थिए’, उनले भने, ‘मलाई सम्झौताका लागि प्रस्ताव पनि आएको थियो । तर म तयार भइन । मलाई त्यसबेला टोली परिवर्तन गर्नु ठिक लागेन ।’

युभेन्ट्सको दबदबालाई अन्त्य गर्दै गत साता मात्र मार्टिनेज सम्मलित इन्टरले इटालियन सिरि ए जितेको थियो । एन्टोनियो कोन्टेको प्रशिक्षणमा लामो समयपछि इन्टर लिगको उपाधि जित्न सफल भएको थियो ।

‘म सानो हुँदैबाट सपना देखेको थिए । आफूले खेलेको टोलीका लागि उपाधि जित्न्ने । त्यसैले मैले यहाँ बस्नु ठीक सम्झिएँ र नतिजा यहाँ उपाधि पनि जिते’, उनले भने, ‘यस्तो परिवार र उपाधिको मैले सपना देखेको थिए । त्यो सपना पूरा भएको छ ।’

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१७:१६

घाइते भइरहने हाजार्ड देखि दिक्क भए जिदान, बनाए यस्तो योजना !