काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा नयाँ रेकर्ड बनेको छ। गएको केहि दिन देखि उकालो लागिरहेको दैनिक संक्रमित संख्या बढेसँगै आज नयाँ रेकर्ड बनेको हो।
आज नेपालमा अहिले सम्मकै बढी ९ हजार १ सय ९६ जना संक्रमित फेला परेका छन्। १९ हजार ९ सय ८७ जनाको पिसिआर र ४ सय ९५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्यांक आनुसार नेपालमा पहरेक घण्टा ३ सय ८७३ जना र हरेक मिनेटमा ६ जना भन्दा बढी संक्रमित फेला परिरहेका छन्। थप पूष्टि पश्चात नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा गएको २४ घण्टामा ५० जनाको ज्यान गएको छ। जससँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ सय ७९ पुगेको छ । २४ घण्टाको तथ्यांक हेर्दा नेपालका हरेक घण्टा २ जनाको ज्यान गइरहेको छ।
पछिल्लो २४ घण्टामा २९ सय बढी निको भए
गएको २४ घण्टामा नेपालका २९ सय भन्दा बढी संक्रमित निको भएका छन्। शुक्रबार २९ सय ९ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो। मन्त्रालयका अनुसार नेपालका २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमित निको भैसकेका छन् भने नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना रहेको छ।
उपत्यकामा ४ हजार बढी संक्रमित
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ४ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३०८९ जना, भक्तपुरमा ३७४ जना र ललितपुरमा ६४३ जना कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।