वाइड बडी जहाज अक्सिजन सिलिण्डर लिन चिन उड्दै!

शाख २५, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले पेचिङ उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जानकारी दिइएको छ ।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१०:४८

बाँके र रुपन्देहीमा थप ७ कोरोना सङ्क्रमितको मृत्यु!