कसले जित्ला प्रिमियर लिग गोल्डेन बुट ? यी ५ खेलाडी बीच हुँदैछ प्रतिष्पर्धा !

एजेन्सी – इंगलिस प्रिमियर लिग सिजनको अन्त्यतिर छ। सन् २०२०-२१ सिजनका ४ राउन्डका खेलहरु मात्र बाँकी रहँदा म्यानचेस्टर सिटि च्याम्पियन बन्ने पक्का-पक्कि भइसकेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले सिटिले भेट्टाउने सम्भावना न्यून देखिन्छ।

प्रिमियर लिगको जारी सिजनमा शिर्ष चारमा अटाउन तिब्र प्रतिष्पर्धा छ। पहिलो र दोस्रो स्थानमा म्यानचेस्टरका दुई क्लब रहने पक्का भएसँगै तेस्रो र चौंथो स्थानका लागि विभिन्न क्लबहरु बीच तिब्र प्रतिष्पर्धा भइरहेको छ।

त्यति मात्र होइन प्रिमियर लिग गोल्डेन बुटका लागि पनि विभिन्न खेलाडी बीच प्रतिष्पर्धा भइरहेको छ। प्रिमियर लिग गोल्डेन बुटको दौडमा रहेका शिर्ष पाँच खेलाडी बारे केहि जानकारी निम्न छ।

डोमिनिक काल्भर्ट लेभिन

प्रिमियर लिग गोल्डेन बुटको दौडमा एभर्टनका डोमिनिक पाँचौ स्थानमा छन्। एभर्टनको सफलतामा लगातार भूमिका खेलिरहेका डोमिनिकले अहिले सम्म १५ गोल गरिसकेका छन्। उनकै प्रभावशालि प्रदर्शनमा एभर्टन युरोप लिगका लागि छनौट हुन सक्ने अवस्था नजिक पुगेको छ।

सन हिउङ मिङ

जारी सिजनमा टोटेनहामले खासै राम्रो नतिजा प्राप्त गर्न नसकेपनि क्लबका खेलाडीहरुले लगातार गोल गरिरहेका छन्। टोटेनहामक खेलाडी सन हिउङ मिङले अहिले सम्म १६ गोल गरिसकेका छन्। उनी प्रिमियर लिग गोल्डेन बुटको दौडमा चौंथो स्थानमा छन्।

ब्रुनो फर्नान्डेज

सन् २०१९ मा म्यानचेस्टर युनाइटेड आएपश्चात ब्रुनो फर्नान्डेजले लगातार प्रभावशाली प्रदर्शन गर्न सफल भएका छन्। उनलाई प्रभावशाली प्रदर्शनका कारण युनाइटेड लिगको दोस्रो स्थानमा मात्र पुगेको छैन, युनाइटेड युरोप लिगको फाइनल सम्म पगेको छ। उनले अहिले सम्म १६ गोल गरिसकेका छन्।

मोहम्मद सलाह

गत सिजनको च्याम्पियन लिभरपुलका लागि सिजन खासै सुखद नरहेपनि सलाहले गोल भने लगातार गरिरहेका छन्। सलाहले अहिले सम्म २० गोल गरिसकेको अवस्था छ। सलाह गोल्डेन बुट दौडको दोस्रो स्थानमा छन्।

ह्यारी केन

जारी सिजनमा टोटेनहाम संघर्षरत छ। तर, ह्यारी केनले गोल र असिस्ट दुवै मार्फत आफ्नो स्तर देखाइरहेका छन्। केनले जारी सिजनमा २१ गोल गरका छन्।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१४:१०

पीएसजीको समर योजनामा मेस्सी, एमाप्पे-मेस्सी-नेयमारलाई एकसाथ आक्रमणमा उतार्ने ‘प्लान’ !