दोलखा भीमसेनलाई पसिना, अनिष्ठको सङ्केत !

काठमाडौँ – दोलखास्थित  रहेको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। मन्दिरमा रहेको भीमसेनको शिलामा शनिबार दिउँसो १ बजे आसपासको समयमा पसिना आएको हो।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी दिसकेका छन्। जानकारी प्राप्त भएपश्चात सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

यसपटक सम्म देवता भीमसेनलाई १९ औं पटक पसिना आएको हो। यसअघी २०७७ मंसिरमा ९ गते भीमसेनलाई पसिना आएको थियो ।भीमेश्वरको शिलामा निरन्तर पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा गरेका थिए ।

धार्मिक मान्यताअनुसार भीमेश्वरको शिलाको दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने मानिन्छ ।

शिलामा आएको पसिना पुछ्ने र उक्त रुवा राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने गरिएको छ । राजाको पालामा भने भीमेश्वरको शिलामा पसिना आउँदा  राजदरवारबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१४:५२

लुकाइएका र प्रयोगविहीन अक्सिजनका सिलिन्डर खोज्न प्रहरी खटाइयो !