मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कम समयमा नै अधिक लाभ पाउने विचारमा नफस्नुहोला। अदालती विषयमा नपर्नुहोला। मानसिक रूपले एकाग्रता कमरहनेछ। शारीरिक स्वास्थ्य सम्हाल्नुहोला। धन सम्बंधित लेन-देनमा ध्यान राख्नुहोला। मध्यान्नपछि सहज महसुस गर्नुहुनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति बनिरहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घर एवम् सन्तान सम्बन्धि शुभ समाचार मिल्नेछ। पुरानो वा बाल्यकालको साथीसँग आनन्दमे समय बिताउनुहुनेछ। नयाँ मित्र बनाउन सक्नुहुनेछ। व्यवसायिक एवम् आर्थिक रूपले लाभ मिल्नेछ। शारीरिक र मानसिक रूपले स्वास्थ्य बिग्रन सक्ला। धार्मिक कार्यमा खर्च हुन सक्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन अनुकूलताभरा र लाभदायी रहनेछ। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीगणको कृपादृष्टिले प्रगतिको मार्ग निर्विध्न हुनेछ। व्यापारमा आय वृद्दि हुनेछ। पिता र ठुलो आशीर्वादबाट लाभ मिल्नेछ। मध्यान्नपछि मित्रबाट लाभ हुनेछ। कुनै सामाजिक प्रसंगमा उपस्थित रहनु पर्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उच्च अधिकारिसँग बोलि र व्यवहारमा ध्यान राख्नुहोला। शारीरिक रूपले अस्वस्थ र मानसिक चिन्ता बनिरहनेछ। व्यापारमा विध्न आउन सक्ला। मध्यान्नपछि व्यवसायिक क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीसँग कार्यको सन्तोष मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रिस र बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक रूपले निराश अनुभव गर्नुहुनेछ। परिवारसँग झगडा हुन सक्ला। उच्च अधिकारी, प्रतिस्पर्धिसँग वाद-विवादमा नउत्रिनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
घुमफिर, खानपिन एवम् मनोरंजनमा आननदपूर्वक समय बिताउनुहुनेछ। मध्यान्नपछि प्रतिकूलतालाई प्रतिकार गर्नुहुनेछ। स्वास्थ्यले सताउनेछ। आकस्मिक धनलाभले चिन्ता कम गर्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दृढ मनोबल र आत्मविश्वाससँग प्रत्येक कार्यलाई सफल बनाउनुहुनेछ। घरायसीजीवमा सुख र शान्ति बनिरहनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। स्वभावमा उग्रता बनिरहनेछ। मध्यान्नपछि तपाईको प्रवृत्तिमा परिवर्तन आउनेछ। मित्र र आफन्तसँग यात्रा वा भ्रम हुने योग रहेको छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मानसिक रूपबाट भावुकताको मात्रा अधिक रहनेछ। विद्यार्थीले अभ्यास र भविष्य सम्बन्धित सफलता प्राप्त गर्नेछन्। कल्पनाशक्तिबाट साहित्य-सिर्जनमा नवीनता ल्याउन सक्नुहुनेछ। घरको वातावरण मा सुख-शान्ति बनिरहनेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ र सहकर्मीको सहयोग मिल्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पारिवारिक शान्ति बनाई राख्नुहोला। आमाको स्वास्थ्य खराब रहन सक्ला। धन र प्रतिष्ठामा हानी होला। मध्यान्नपछि स्वभावमा भावुकता बढ्न सक्छ। तपाईको सिर्जनशक्तिमा सकारात्मक वृद्धि हुनेछ। विधार्थीको लागि समय अनुकुल हुनेछ। आफन्तसँग घनिष्ठता वृद्धि हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई सर्वप्रथम स्थान दिनुहुनेछ। मित्र र प्रियपात्रसँग भेट हुनेछ। भाईसँग आफन्त निकटता आउनेछ । मध्यान्नपछि अरुचिकर घटनाबाट मन अस्वस्थ हुनेछ । धन र प्रसिद्दिमा हानी होला। आमाको स्वास्थ्यको चिन्ता रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रिस र बोलिमा विशेष ध्यान राख्नुहोला। नकारात्मक विचार मनमा आउन नदिनुहोला। खानपिनमा ध्यान राख्नुहोला। मध्यान्नपछि वैचारिक स्थिरताको साथ भएको कार्य पूर्ण हुनेछ। रचनात्मक अथवा सिर्जनात्मक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईको दिन शुभफलदायी रहनेछ। शारीरिक, मानसिक स्वस्थ र उत्साही बनिरहनेछ। नयाँ कार्य शुभारम्भ गर्नको लागि अनुकूल दिन रहेको छ । परिवारसँग समय आनन्दपूर्वक बित्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ। मध्यान्नपछि विशेष ध्यान राख्नुहोला। कुनै वादविवाद वा झगडा होला।