प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१९:५३

काठमाडौँका अस्पतालमा पाइन छाड्यो अक्सिजन, अस्पतालहरुले हात उठाउन थाले !